fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ एनएमबी बैंकको नेतृत्वमा सेती नदी जलविद्युत आयोजनामा जुट्यो लगानी

एनएमबी बैंकको नेतृत्वमा सेती नदी जलविद्युत आयोजनामा जुट्यो लगानी

एनएमबी बैंकको नेतृत्वमा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजनामा लगानी जुटेको छ । गण्डकी प्रदेशको कास्कीस्थित माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदीमा एनएमबी बैंकको अगुवाइमा कर्मचारी सञ्चयकोष र कृषि विकास बैंकले लगानी गरेका हुन् । यो जलविद्युत् परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ ।

सेती नदीको कुल लागत ५ अर्ब रुपैयाँ छ, जसमध्ये बैँकहरुको लगानी ३ अर्ब ५० करोड रुपैयाँबराबर हुनेछ । यससहित एनएमबी बैंकको लगानी रहेका आयोजना देशभर ४३ वटा भएका छन् ।

प्रकाशित समय १६:०७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु