fbpx
corona information

गृहपृष्ठ एनएमबी बैंक र टेन्सेन्ट होल्डिङ्सबीच सम्झौता, विच्याट भुक्तानी देशकै पहिलो

एनएमबी बैंक र टेन्सेन्ट होल्डिङ्सबीच सम्झौता, विच्याट भुक्तानी देशकै पहिलो

एनएमबी बैँकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिङ्स लिमिटेडसँग सम्झौता गरेको छ । टेन्सेन्ट होल्डिङ्सको वि च्याट भुक्तानी प्रणालीमा जोडिनका लागि बैंकले सहकार्य गरेको हो ।

यससँगै कम्पनीको विच्याट भुक्तानी प्रणालीमार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकले सहज रुपमा नेपालमा खरिद गरेको वस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने छन् । एनएमबी बैंक विच्याट भुक्तानी सेवा प्रदान गर्र्ने देशको पहिलो र एकमात्र बैंक रहेको जारी विज्ञप्तिमा उल्लेख छ । टेन्सेन्ट होल्डिङ्ससँगको यस साझेदारीबाट एनएमबी बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारिक साझेदार बनेको छ ।

एनएमबी बैंकले १ अर्ब १७ करोडभन्दा बढी सक्रिय मासिक प्रयोगकर्ता रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवामध्ये एक विच्याट भुक्तानी प्रणाली सञ्चालनका लागि टेन्सेन्ट होल्डिङ्ससँग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक हुन पाउनु गर्वको विषय भएको जनाएको छ ।

विज्ञप्तिमा संख्यात्मक हिसाबले नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या उल्लेख्य रहेकाले देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिनसक्ने चिनियाँ पर्यटकलाई विच्याटको सुविधा प्रदान गर्न बैंक सक्षम भएको उल्लेख छ । यसबाट चिनियाँ पर्यटकले सामना गरेको मुद्रा विनिमयको समस्या सहज हुने पनि बैंकले जनाएको छ ।

प्रकाशित समय २०:५२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु