fbpx
corona information

गृहपृष्ठ भेरी अञ्चल अस्पताललाई सांग्रिला डेभलपमेन्ट बैंकको ३ लाख सहयोग

भेरी अञ्चल अस्पताललाई सांग्रिला डेभलपमेन्ट बैंकको ३ लाख सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले प्रदेश ५ को नेपालगन्जमा रहेको भेरी अञ्चल अस्पताललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले ७२ शय्याको कोभिड अस्पताल बनाउन र कोभिडका लक्षण देखिएका बिरामीको उपचारमा सहयोगका लागि सहयोग गरेको जनाएको छ ।

अस्पतालको उद्घाटन कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक नेपालगन्जका क्लस्टर प्रमुख जयन्द्र खड्काले अस्पतालका प्रमुख श्यामसुन्दर यादवलाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । उद्घाटन कार्यक्रममा प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताललगायतको उपस्थिति थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई सहयोग गरेको जनाएको छ । सांग्रिला डेभलपमेन्ट बैंकका देशभर ९१ शाखा कार्यालय छन् ।

प्रकाशित समय २१:१० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु