fbpx
corona information

गृहपृष्ठ डेन्टल एसोसिएसन र सांग्रिला बैंकबीच सम्झौता, कर्जा लिँदा १ लाखको कोरोना बिमा निःशुल्क

डेन्टल एसोसिएसन र सांग्रिला बैंकबीच सम्झौता, कर्जा लिँदा १ लाखको कोरोना बिमा निःशुल्क

नेपाल डेन्टल एसोसिएसन र सांग्रिला डेभलपमेन्ट बैंकबीच कर्जा सम्झौता भएको छ । सम्झौताअनुसार एसोसिएसनमा आबद्ध सदस्य तथा सदस्यहरुसँग आबद्ध संस्थाका कर्मचारीले बैंकबाट बिनाधितो १५ लाख रुपैयाँसम्मको प्रोफेसनल कर्जा पाउने भएका छन् ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र एसोसिएसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गरेका छन् । कर्जा लिने सेवाग्राहीले एक लाख रुपैयाँसम्मको कोभिड-१९ इन्स्योरेन्स निःशुल्क प्राप्त गर्नेछन् । सांग्रिला डेभलपमेन्ट बैंकका सबै शाखाबाट एसोसिएसनका सदस्यहरुले यो सेवा उपयोग गर्न सक्ने सम्झौतापत्रमा उल्लेख छ ।

प्रकाशित समय २०:५५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु