fbpx
corona information

गृहपृष्ठ सनराइज बैंक र हङकङको एटी सर्भिसेसबीच रेमिट्यान्स सम्झौता

सनराइज बैंक र हङकङको एटी सर्भिसेसबीच रेमिट्यान्स सम्झौता

sunrise-newskarobar

सनराइज बैंक र हङकङस्थित एटी सर्भिसेसबीच विप्रेषण सेवा प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यससँगै हङकङमा रहेका नेपालीले नेपालमा रहेका आफन्त तथा इष्टमित्रलाई पैसा पठाउन अझ सरल र सुलभ हुने भएको छ ।

एटी सर्भिसेसमार्फत पैसा पठाउँदा अधिकतम उच्च विनिमय दरमा रकम पठाउन सकिने जनाइएको छ । एटी सर्भिसेसमार्फत हङकङबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभरका १३४ शाखा र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरका १० हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत सजिलै लिन सकिनेछ ।

बैंक खातावालाको हकमा भने यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खातामा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने सम्झौतापत्रमा उल्लेख छ । विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त रहेको जारी विज्ञप्तमा उल्लेख छ ।

प्रकाशित समय २२:२१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु