fbpx
corona information

गृहपृष्ठ महालक्ष्मी विकास बैंकद्वारा विपन्न परिवारका लागि ५० हजार रुपैयाँ प्रदान

महालक्ष्मी विकास बैंकद्वारा विपन्न परिवारका लागि ५० हजार रुपैयाँ प्रदान

महालक्ष्मी विकास बैंकले लकडाउनका कारण दैनिक जीविकोपार्जनमा समस्या परेका ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवारहरुका लागि आर्थिक सहयोग गरेको छ ।

बैंकको न्यूरोड शाखाले पोखरा महानगरपालिका वडा नं. ९ सँग समन्वय गरी आर्थिकस्तर न्यून भएका ५० घर परिवारहरुका लागि राहात प्याकेज वितरण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराएको हो । बैंकको शाखा प्रबन्धक गणेश आचार्यले वडाध्यक्ष रामराज लामिछानेलाई मंगलबार सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

बैंकले प्रदान गरेको सहयोगले यस असहज परिस्थितिमा उक्त परिवारहरुको जीवनयापनमा मद्दत पुग्ने बैंकको छ । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने बैंकले प्रतिवद्धता जनाएको छ ।

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा रहेका १ सय २ वटा शाखाहरुमार्फत बैंकले सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय १४:३२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु