गृहपृष्ठ खल्तीले ल्यायो दुई गुणा अफर, खल्तीमा रकम पठाए ११ दिनमै दुई गुणा नगद

खल्तीले ल्यायो दुई गुणा अफर, खल्तीमा रकम पठाए ११ दिनमै दुई गुणा नगद

खल्ती डिजिटल वालेटले मोबाइल एप र खल्तीडटकम वेब पेजमार्फत कारोबार गर्ने ग्राहकका लागि खल्तीको दुई गुणा अफरनामको प्रवर्धनात्मक योजना ल्याएको छ । असार १७ देखि ११ दिनसम्म चल्ने योजनामा ग्राहकले आफूले पठाएको रकम दोब्बर बनाउने अवसर पाउने कम्पनीले जनाएको छ ।

विजेताको वालेटमा खल्तीले ग्राहकले पठाएजति नै रकम जम्मा गरिदिनेछ । विजेता नबन्नेहरूले आफूले पठाएजति रकम असार ३१ भित्र वालेटमै फिर्ता पाउनेछन् । योजना अवधिमा १० रूपैयाँदेखि ५ सय रूपैयाँसम्म पठाउनेको मात्र नगद दोब्बर हुनेछ ।

योजनामा सहभागी हुनेले असार २७ सम्म आफ्नो ग्राहकको ब्यक्तिगत विवरण प्रमाणित गरिसक्नुपर्ने र प्रवर्धनात्मक योजनामा खल्तीका सबै प्रयोगकर्ता साथै एजेन्ट पनि सहभागी हुन सक्नेछन् । ११ दिनको अवधिमा रकम पठाउनेमध्ये ५० जना विजेताको घोषणा असार २८ मा हुनेछ । विजेतालाई ग्राहकले पठाएको रकममा त्यति नै रकम (अधिकतम रु. ५०० मात्र) थपेर खल्तीले विजेताकै खातामा उपलब्ध गराउनेछ ।

विजेता नबन्ने सबै सहभागीको रकम खल्तीले असार ३१ भित्र उनीहरूको डिजिटल वालेटमै फिर्ता गरिदिनेछ । योजनामा खल्तीका प्रयोगकर्ता हरेकले जति पटक पनि सहभागिता जनाउन पाउनेछन् र खल्तीका प्रयोगकर्ताले एसएमएसमार्फत अफलाइन कारोबार पनि गर्न सक्नेछन् ।

हामीले नगदको सट्टा डिजिटल माध्यमबाट कारोबार गर्न ग्राहकलाई प्रोत्साहन गर्न योजना ल्याएका हौं । सबै खल्ती प्रयोगकर्ताले योजनामा सहभागी भएर मौकाको फाइदा उठाउनुहोस् भन्ने आग्रह छ, खल्तीका सहायक प्रबन्धक अनिल कार्कीले भने, मोबाइलबाटै नगद कारोबार गर्न सकिने सजिलो, सुरक्षित र छिटो प्रविधिलाई सरकारले समेत प्रोत्साहन गरिरहेको छ । डिजिटल नेपाल बनाउने सरकारको अवधारणालाई सहयोग गर्न पनि यस प्रकारको योजना सुरू गरेका हौं । खल्तीले आफ्नो नारा नै डिजिटल नेपाल, समृद्दिको महाअभियान बनाएको छ ।

प्रकाशित समय २१:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु