fbpx
corona information

गृहपृष्ठ मुक्तिनाथ विकास बैंकद्वारा शिक्षा र स्वास्थ्यमा सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा शिक्षा र स्वास्थ्यमा सहयोग

muktinath-newskarobar

मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य र सुरक्षा क्षेत्रमा सवा लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सामग्री, शैक्षिक सामग्री र ट्राफिक प्रहरीको भवन निर्माणका लागि १ लाख २५ हजार रुपैयाँ सहयोग गरेको हो ।

बैंकको शाखा कार्यालय जनकपुरले चिकित्सक संघ जनकपुरलाई स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री खरिद गर्न ५० हजार रुपयाँ आर्थिक सहयोग गरेको छ । स्वास्थ्यकर्मीहरु कोरोनाभाइरस संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहँदा संक्रमणको उच्च जोखिम हुने भएकाले स्वास्थ्य सामग्री खरिद गर्न रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

यस्तै शाखा कार्यालय बुटवलले सियारी गाउँपालिका ६ बर्दहवा बुटवलमा रहेको श्री दुर्गादेवी आधारभूत विद्यालयमा अध्यनरत जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई ५० हजार रुपैयाँबराबरको शैक्षिक सामग्री प्रदान गरेको छ । त्यसैगरी, शाखा कार्यालय रामपुर कोलोनीले मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई टोल सफा राख्न डस्टबिन हस्तान्तरण गरेको छ ।

क्षेत्रीय कार्यालय पोखराले जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण समिति कास्कीलाई भवन निर्माणका लागि २५ हजार रुपैयाँबराबरको आर्थिक सहयोग गरेको छ । बैंकले जिल्ला ट्राफिक प्रहरीको आफ्नै भवन निर्माण गर्नका लागि सहयोग गरेको हो ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लाका १३६ शाखामार्फत निक्षेप तथा कर्जा सेवा प्रदान गर्दै आएको छ । साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङलगायतका सेवा पनि प्रदान गर्दै आएको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

प्रकाशित समय १३:२८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु