fbpx
corona information

गृहपृष्ठ मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र साँवा ब्याज फिर्ता

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र साँवा ब्याज फिर्ता

मुक्तिनाथ विकास बैँकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैँकको शाखा कार्यालय पार्वतीपुर चितवनबाट लघु कर्जा लिएकी विष्णुमाया दर्जीको मृत्यु भएकाले उनले उपभोग गरेको ऋणको साँवा र ब्याजबराबरको रकम मिनाहा र फिर्ता गरेको छ । बैंकले दर्जीले लिएको बिनाधितो कर्जाको भुक्तान गर्न बाँकी रकम २२ हजार ४९९ रुपैयाँ मिनाह गरेको छ ।

त्यस्तै उनले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज २ लाख ३ हजार ४८३ रुपैयाँ तथा काजक्रिया खर्चबापतको ५ हजार रुपैयाँसमेत गरी २ लाख ८ हजार ४८३ रुपैयाँ बैंकको पार्वतीपुर शाखा प्रमुख सन्तोष तिवारी र साना तथा लघुबैंकिङ डेस्क प्रमुख ढुण्डराज पौडेलले मृतककी छोरी विनिता दर्जीलाई श्रीमान् बाबुराम दर्जीको उपस्थितिमा हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार बैंकले समूहमा आबद्ध र बिनाधितो कर्जा उपभोग गरेका सदस्यको मृत्यु भएमा बाँकी कर्जा र ब्याज मिनाहा गरी भुक्तानी गरिसकेको सावाँ ब्याज फिर्ता गर्नुका साथै काजक्रिया खर्चसमेत उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित समय १३:२० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु