fbpx
corona information

गृहपृष्ठ एनआइसी एसिया बैंकको ९ महिनाको नाफा २ अर्ब ५० करोड

एनआइसी एसिया बैंकको ९ महिनाको नाफा २ अर्ब ५० करोड

nic-asia-bank-newskarobar

एनआइसी एसिया बैंकले ९ महिनामा २ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ । चालू आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंक नाफा गत आवको सोही अवधिको तुलनामा १० प्रतिशतले बढेको हो ।

विश्वव्यापी महामारी कोभिड १९ को कारण सिर्जित असहज परिस्थितिका बाबजुद चालू आवको तेस्रो त्रैमाससम्ममा वार्षिक विन्दुगत आधारमा गत वर्षको तुलनामा २६ करोड रुपैयाँले नाफा बढेको बैंकले जनाएको छ । गत वर्षको सोही अवधीको खुद नाफा २ अर्ब २८ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकले कर्जा प्रवाह २५ अर्बले बढाएर १ खर्ब ७५ अर्ब पुर्‍याएको छ भने निक्षेप संकलन १५ अर्बले बढाएर १ खर्ब ९६ अर्ब पुर्‍याएको छ ।

बैंकले आफ्नो रणनीतिअनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधीकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७४ प्रतिशत कर्जा यस्ता क्षेत्रमा प्रवाह गरेको छ । त्यसैगरी प्राथमिकताका क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पूर्ण रूपले पालना गरेको छ । विविधीकरणकै रणनीतिअनुरूप बैंकको उच्चतम १० ग्राहकको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशतभन्दा कम रहेको बैंकले जनाएको छ ।

प्रकाशित समय १६:२३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु