fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ बैंकहरू कम कर्मचारीबाट सुचारू रहने

बैंकहरू कम कर्मचारीबाट सुचारू रहने

Rastra Bank_NewsKarobar

नेपाल राष्ट्र बैंकले कोरोनाभाइरस (कोभिड-१९) को प्रकोपबाट बच्न सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य सेवा तत्काल राेक्ने निर्णय गरेसँगै बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको  छ । बैंकिङ सेवा पनि अत्यावश्यक सेवाभित्र पर्छ ।

राष्ट्र बैंकले आइतबार सबै बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गरेर यथासम्भव न्युन कर्मचारीबाट सेवा सुचारु राख्न भनेको हो ।

केन्द्रीय बैंकले घरबाट काम, ‘रिमोट एक्सेस’ वा सिफ्टवाइज कामलगायतका विधि अपनाउँदै कम कर्मचारीबाट सेवा सञ्चालन गर्न भनेको हो ।

राष्ट्र बैंकले सेवाग्राहीहरू भीडभाड नहुने सुनिश्चत गरी काम सुचारु गराउन तथा बैंकिङ जनशक्ति तथा सेवाग्राहीहरूका सुरक्षाका लागि स्यानिटाइजर, मास्क, पञ्जा, डिस्इन्फेक्सनिङ, थर्मल स्क्यानरलगायतका प्रबन्ध गर्न पनि भनेको छ ।

राष्ट्र बैंकका कर्मचारी असन्तुष्ट

यसैबीच, राष्ट्र बैंकका कर्मचारीहरूले केन्द्रीय बैंकमा भने यस्ता सुरक्षा सावधानी अपनाउने विषयमा निर्णय नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

राष्ट्र बैंक बैंक कर्मचारी संघले आइतबारै व्यवस्थापनसमक्ष केन्द्रीय बैंकमा कोभिड-१९ बाट बच्नका लागि आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाउन ध्यानाकर्षणपत्र बुझाएका थिए ।

 

प्रकाशित समय १६:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु