fbpx

गृहपृष्ठ एभरेष्ट बैंकद्वारा मनिपाल अस्पताललाई हेमोडायलेसिस् मेसिन हस्तान्तरण

एभरेष्ट बैंकद्वारा मनिपाल अस्पताललाई हेमोडायलेसिस् मेसिन हस्तान्तरण

एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस् मेसिन हस्तान्तरण गरेको छ ।

यो नयाँ मेसिनले मिर्गौला बिरामीहरुलाई उपचारका लागि पर्खिनुपर्ने समय कम गर्न मद्दत पुर्‍याउनेछ । ईबिएलले ठुलो संख्यामा ग्राहकहरुको लाभका लागि विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ र ‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।

मनिपाल अस्पतालका डिन श्री बीएम नागपाललाई एभरेष्ट बैंक लि. का डीजीएम श्री राजिव जैनले सो मेसिन हस्तान्तरण गरेका हुन् । सो मेसिन भारतीय दुतावास कोलोनियल ए. च्याम्बीएल एसएम डिफेन्स एट्याची, मनिपाल अस्पताल र पोखराका पेन्सन भुक्तानी कार्यलयका अन्य विभिन्न अधिकारीहरुको उपस्थितिमा एलटी. जेन. सानतनु दयाल, एभीएसएम, एसएम, भीएसएम, डीजी, डीसी र डब्लूले मेसिनको उद्घाटन गरेका थिए ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढी रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । एभरेष्ट बैंक बेस्ट म्यानेज्ड कमर्सियल बैंक, २०१९ बाट सम्मानित भएको छ । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएम तथा बृहत बाह्य सञ्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय ०९:१२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु