fbpx

गृहपृष्ठ ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सम्झौता

ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सम्झौता

global-ime-bank-newskarobar

ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सेवा सुरू भएको छ । साउदी अरबको बैंक अलबिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको बुधबारदेखि औपचारिक सुरुवात भएको छ ।

दुई बैंकबीच जेठ १३ गते यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा बैंक अलबिलादका महाप्रबन्धक ओमार अल हुसेनले हस्ताक्षर गरेका थिए ।

अबदेखि सेवाग्राहीले साउदी अरबको बैंक अलबिलादको १८० भन्दा बढी शाखा तथा काउन्टरमार्फत नेपालमा सहज रुपमा रकम पठाउन तथा ग्लोबल आइएमई बैंक, आइएमई तथा जीएमईका नेपालभर रहेका १५ हजारभन्दा बढी एजेन्टमार्फत रकम प्राप्त गर्न सक्नेछन् । बैंक अलबिलादको इन्जाज रेमिट्यान्स नामक प्रसिद्ध रेमिट प्रोडक्ट छ ।

साउदी अरबका लागि नेपाली राजदूत प्रा. डा. महेन्द्रप्रसाद सिंह राजपुतको उपस्थितिमा भएको सम्झौतामा दुवै बैंकका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । कार्यक्रमा राजदूत सिंहले ग्लोबल आइएमई बैंक र बैंक अलबिलादबीचको सहकार्यले साउदीबाट नेपालमा रकम पठाउन सहज हुने र नेपालमा साउदी लगानी भित्र्याउनसमेत सहयोग पुग्ने बताए । उनले बैंकहरुको सहकार्यबाट दुई देशबीच अन्य क्षेत्रमा सहकार्य गर्न ढोका खुलेको तर्क गरे ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई ठूला बैंकको सहकार्यबाट नेपालमा रेमिट्यान्स भित्र्याउन सहज हुने बताए । ‘रेमिट्यान्स सेवालाई सहज बनाउन बैंक प्रतिबद्ध छ,’ उनले भने, ‘रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट पढाउँदा राष्ट्रलाई फाइदा पुग्छ ।’

ग्लोबल आइएमई बैंकले साउदी अरब, युएई, कतार, बहराइन, मलेसिया, भारत, संयुक्त अधिराज्य, अष्टे्रलिया, दक्षिण कोरिया, जापान र जोर्डनका विभिन्न कम्पनीसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

प्रकाशित समय २१:०६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु