fbpx
Nepal Mediciti

गृहपृष्ठ कृषि विकास बैंक र एनआरएन पार्टनरबीच सम्झौता

कृषि विकास बैंक र एनआरएन पार्टनरबीच सम्झौता

ADBL_NRNA-newskarobar

कृषि विकास बैंक र एनआरएन पार्टनर कम्पनीबीच अफिसियल बैंकिङ पार्टनरको रुपमा कार्य गर्न सम्झौता भएको छ । सम्झौतापत्रमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्याय र एनआरएन पार्टनर र आइडिया फर नेपालका तर्फबाट अध्यक्ष गोकर्णप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताले विदेशबाट प्राप्त हुने रेमिट्यान्स रकमलाई उत्पादन क्षेत्रमा उपयोग गर्न थप मद्दत पुग्ने विश्वास लिइएको छ । यसबाट व्यावसायिक कृषि, पर्यटन होटेल इ-पार्किङ, रेमिट्यान्स र भुक्तानी सेवा व्यवसाय थप वृद्धि हुनेछ ।

कार्यक्रममा कृषि विकास बैंकका सीईओ उपाध्यायले सम्झौताले भविष्यमा रेमिट्यान्स व्यवसाय अभिवृद्धिका लागि थप टेवा पुग्नका साथै रेमिट्यान्स रकमको पूर्ण सदुपयोग गर्न र विदेशमा रहने नेपालीलाई नेपालमा रकम पठाउन थप सहज र सरल हुने बताएका छन् । त्यस्तै एनआरएन पार्टनरका अध्यक्ष श्रेष्ठले दुर्गम ग्रामीण क्षेत्रमा रेमिट्यान्स सेवालाई सहज र सरलसहित पहुँच वृद्धि गर्न सम्भावित सहकारी तथा व्यक्तिलाई एजेन्टको रुपमा परिचालन गर्न सकिने बताए ।

प्रकाशित समय १०:२० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु