fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ एनआईसी एशियाको दक्षिणा प्लस योजना

एनआईसी एशियाको दक्षिणा प्लस योजना

nic-asia-bank-newskarobar

एनआईसी एशिया बैंकले बडा दसैंलाई लक्षित गरेर दक्षिणा प्लस योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत दसैंमा टीका लगाएर यस बैंकको मोबैंक प्रयोग गरी दक्षिणा रकम ट्रान्सफर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्तिलाई बैंकको तर्फबाट थप रकम प्रदान हुनेछ ।

दक्षिणा प्लस नाम दिइएको योजनाअन्तर्गत मोबैंकको प्रयोग गरी दक्षिणा दिँदा पाँच जनासम्मलाई दक्षिणा रकमको १० प्रतिशत वा अधिकतम १०० रुपैयाँ बैंकको तर्फबाट थप हुनेछ । दक्षिणा प्लस योजना बैंकमा आबद्ध ग्राहकलाई मात्र लागू हुनेछ । यो विशेष उपहार विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म उपलब्ध हुनेछ ।

एनआईसी एशिया बैंकको मोबैंक प्रयोग गरी फन्ड ट्रान्सफरमार्फत दक्षिणा प्रदान गर्दामात्र लागू हुनेछ । दक्षिणा दिने व्यक्तिले रिमार्क्समा ‘दक्षिणा प्लस’ लेख्नुपर्नेछ ।

‘सोच बदलौं’ नारालाई समाजमा स्थापित गराएर समाजमा वैचारिक शुद्धता ल्याउने प्रयत्नलाई दसैंसँग जोड्दै यस बैंकले दसैंमा प्रयोग हुने नयाँ नोटलाई सफा राखौं भन्ने मूल सन्देशका साथ डिजिटल दक्षिणातर्फ ग्राहकलाई उत्प्रेरित गर्न दक्षिणा प्लसको योजना अघि सारेको बैंकले जनाएको छ ।

बैंकले चाडपर्वलाई लक्षित गरी ल्याएको ‘सोच बद्लौं- मोबैंक डाउनलोड गरौं, यसपालीको चाडपर्वमा खुसी अपलोड गरौं’ भन्ने अभियानअन्तर्गत यो योजना ल्याएको जनाएको छ । दीर्घकालीन रुपमा नेपाली अर्थतन्त्रलाई नगदरहित बनाई डिजिटल भुक्तानीलाई व्यवस्थित गर्न पनि यस दक्षिणा प्लस अफरले आम जनमानसमा डिजिटल भुक्तानीप्रति सकारात्मक दृष्टिकोण बनाउने अपेक्षा बैंकले राखेको छ ।

बैंकले बडा दसैंको अवसरमा दक्षिणा प्लसबाहेक अन्य विभिन्न छुट अफर पनि ल्याएको छ । भाटभटेनी, सेल्सबेरी, सेलवेज जस्ता डिपार्टमेन्ट स्टोरसँग सहकार्य गरी बैंकको कार्ड वा मोबैंकमार्फत भुक्तानी गर्ने ग्राहकलाई १५ प्रतिशतसम्म छुट प्रदान गर्ने व्यवस्था गरिएको हो ।

प्रकाशित समय १०:१४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु