fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ टीकाको दिन सनराइज बैंकको निःशुल्क बस सेवा

टीकाको दिन सनराइज बैंकको निःशुल्क बस सेवा

sunrise-newskarobar

सनराइज बैंकले आफ्नो १२औं वार्षिकोत्सवको अवसर र नेपालीको महान चाड दसैंलाई मध्यनजर गर्दै निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दसैंको समयमा काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने समस्यालाई केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्यले बैंकले निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको जनाएको हो ।

बस सेवा बैंकले दसैंको टीकाको दिन अर्थात् असोज २१ गते मंगलबार सञ्चालन गर्ने जनाएको छ । ‘सनराइज दसैं यात्रा हामी सँगसँगै’ भन्ने नाराका साथ बैंकले काठमाडौंको बूढानीलकण्ठदेखि लगनखेल र चक्रपथ परिक्रमाको रुटमा सेवा सञ्चालन गर्नेछ ।

बैंकले असोज महिनालाई १२औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रम गर्दै जाने जनाएको छ ।

प्रकाशित समय १०:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु