गृहपृष्ठ कुमारी बैंकका एकैदिन सात शाखा स्थापना
कुमारी बैंकका एकैदिन सात शाखा स्थापना

कुमारी बैंकले देशका विभिन्न जिल्लामा एकैदिन सात शाखा स्थापना गरेको छ । बैंकले काठमाडौँ उपत्यकामा दुई र बाहिर पाँच शाखा खोलेको हो ।
काठमाडौँको नयाँ बानेश्वर शाखाको बैंकका सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबरा र नागरिक लगानी कोषका प्रमुख प्रशासक रमण नेपालले संयुक्त रूपमा उद्घाटन गरे । कीर्तिपुर शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका सदस्य महेशप्रसाद पोखरेलज्यू र कीर्तिपुर नगरपालिका ९ का अध्यक्ष गंगाराम महर्जनले उद्घाटन गरेका छन् ।
उपत्यकाबाहिर काभ्रेस्थित बनेपा शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवाली तथा बनेपा नगरपालिका पमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरे । त्यस्तै नवलपरासीको गैंडाकोट, बाराको जितपुर, चितवनको पुरानो पर्सा र पर्साको सिर्सियामा बैंकले शाखा स्थापना गरेको हो ।
प्रकाशित समय ०७:३२ बजे