fbpx
Nepal Mediciti

गृहपृष्ठ मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्टबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्टबीच सहकार्य

muktinath-rupakot-newskarobar

मुक्तिनाथ विकास बैंक काठमाडौं र रुपाकोट रिसोर्ट पोखराबीच सम्झौता भएको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्ड भएका सबै ग्राहकले उक्त रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्मको विशेष छुट पाउनेछन् ।

सम्झौतापत्रमा मुक्तिनाथका बजारीकरण विभाग प्रमुख वसन्त बक्सी र रुपाकोट रिसोर्टका बिक्री प्रबन्धक पियुस लामाले हस्ताक्षर गरेका छन् । यो सम्झौताबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने अपेक्षा गरिएको छ ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित समय १५:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु