fbpx
Nepal Mediciti

गृहपृष्ठ मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

Kumari Puja Hanumandhoka-newskarobar (10)

मुक्तिनाथ विकास बैंकले मृतकका परिवारले लिएको ऋण मिनाहा तथा फिर्ता गरेको छ । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघु बैंकिङ, पर्सा शाखाका सदस्य मनमाया मगरको मृत्यु भएकाले उनले उपभोग गरेको ऋणको साँवा र ब्याजबराबरको रकम मिनाहा र फिर्ता गरेको बैंकले जनाएको छ ।

उक्त रकम स्व. मनमायाका छोरा तथा निजले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका २ का अध्यक्ष टिकादत्त इटनी, बैंकको पर्सा शाखा प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख सुभाष गिरीले संयुक्त रुपमा हस्तान्तरण गरे । बैंकले १ लाख ४३ हजार ७८४ रुपैयाँको चेक हस्तान्तरण गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित समय १५:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु