fbpx
Nepal Mediciti

गृहपृष्ठ एभरेस्ट बैंकका ग्राहकलाई पोखराको होटल स्नो पिकमा छुट

एभरेस्ट बैंकका ग्राहकलाई पोखराको होटल स्नो पिकमा छुट

everest-bank-newskarobar

एभरेस्ट बैंकले ग्राहकलाई छुट र स्पेसल प्याकेजको व्यवस्था गर्न पोखराको होटल स्नो पिकसँग साझेदारी गरेको छ । पोखरा लेकसाइडमा रहेको होटल स्नो पिक पर्यटकका लागि प्राकृतिक र सांस्कृतिक रुपमा भरिपूर्ण गन्तव्य भएकाले सुविधा दिइएको बैंकले जनाएको छ ।

एभरेस्ट बैंक र होटल स्नो पिकबीच भएको समझदारीपत्रमा ग्राहकले आवास (सबै प्रकारका कोठा), खाना र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन् । ग्राहकले एभरेस्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् ।

देशभर एभरेस्ट बैंकका करिब १० लाख ग्राहक छन् । हालै क्यामेल्स रेटिङमा एभरेस्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेस्ट बैंकले ९४ शाखा, २८ राजस्व संकलन काउन्टर र १२० एटीएम तथा बृहत बाह्य सन्जालमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १२:४० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु