fbpx
Nepal Mediciti

गृहपृष्ठ सेञ्चुरी बैंकको नयाँ बचत खाता, ७ लाखको आकस्मिक दुर्घटना बिमा

सेञ्चुरी बैंकको नयाँ बचत खाता, ७ लाखको आकस्मिक दुर्घटना बिमा

Century-Bank-newskarobar

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलाई लक्षित गरी ‘प्रिमियम पेरोल म्यानेजमेन्ट खाता’ सञ्चालनमा ल्याएको छ । एक हजार रूपैयाँमा खोल्न सकिने खातामा वार्षिक ६.५ प्रतिशतले त्रैमासिक रुपमा ब्याज भुक्तानी दिने बैंकले जनाएको छ ।

यो खातामा ग्राहकले ७ लाख रुपैयाँबराबरको आकस्मिक दुर्घटना बिमा र १ लाख रुपैयाँसम्मको अस्पतालमा बसेको खर्चबापतको बिमा सुविधा पाउनेछन् । साथै लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुट सुविधा पाउने कम्पनीले जनाएको छ ।

यो खातामा निःशुल्क एसएमएस, मोबाइल र ई–बैंकिङ, एबीबीएस सेवा, डेबिट कार्ड तथा निःशुल्क क्रेडिट कार्डको आबद्ध शुल्क सुविधा छ । सरल कर्जा प्रवाह बैंकका सबै शाखाबाट प्राप्त गर्न पनि सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १६:५० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु