fbpx
Nepal Mediciti

गृहपृष्ठ एनआइसी एशिया बैंकको खुद नाफा १२९ प्रतिशतले बढ्यो

एनआइसी एशिया बैंकको खुद नाफा १२९ प्रतिशतले बढ्यो

आक्रामक रुपमा शाखा र कारोबार विस्तार गर्दा गर्दै लगेको एनआइसी एशिया बैंकले खुद नाफामा पनि ऐतिहासिक छलाङ मारेको छ ।

बैंकले शुक्रबार चौथो त्रैमासिक विवरण सार्वजनिक गर्दै खुद नाफामा १२९.३२ प्रतिशतले वृद्धि भएको जानकारी दिएको हो । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो १ अर्ब ७२ करोडले बढी हो । बैंकले अछिल्लो आर्थिक वर्षमा १ अर्ब ३३ करोड खुद नाफा आर्जन गरेको थियो ।

यस्तै बैंकको वितरण योग्य नाफा २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । बैंकले कुल आम्दानी ७७ प्रतिशतले बढाएर ९ अर्ब ५१ करोड आर्जन गरेको छ । बैंकले निक्षेप संकलन २९ अर्ब ३६ करोडले बढाएर १ खर्ब ८० अर्ब ५८ करोड रुपैयाँ पुर्याएको छ । कर्जा परिचालन भने २९ अर्ब ५४ करोडले बढाएर १ खर्ब ५० अर्ब पुर्याएको छ ।

जगेडा कोषमा ३ अर्ब ८८ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकले प्रतिसेयर आम्दानी १७.९४ रुपैयाँले बढाएर ३४.५६ रुपैयाँ पुर्याएको छ ।

प्रकाशित समय ११:५५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु