fbpx
Rashifal Ad

गृहपृष्ठ निरन्तर प्रगति गर्दै मेगा बैंक, अघिल्लो वर्षभन्दा ४० करोड नाफा वृद्धि

निरन्तर प्रगति गर्दै मेगा बैंक, अघिल्लो वर्षभन्दा ४० करोड नाफा वृद्धि

मेगा बैंक नेपालले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३०.५१ प्रतिशत अर्थात् ४० करोड १९ लाख धेरै हो । अघिल्लो आवमा बैंकले १ अर्ब ३१ करोड ७४ लाख नाफा गरेको थियो ।

गत वर्ष बैंकले निक्षेप १८ अर्ब ८९ करोडले बढाएर ८१ अर्ब ८६ करोड रुपैयाँ पु-याएको छ । बैंकको खुद कर्जा तथा सापटी १५ अर्ब ४८ करोडले बढेर ७२ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ ।

बैंकले निष्क्रिय कर्जामा उल्लेख्य सुधार गरेको छ । हालै प्रकाशित वित्तीय प्रतिवेदनअनुसार बैंकको खराब कर्जा ०.८६ प्रतिशतमा झरेको छ ।

प्रकाशित समय १८:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु