fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ नविल बैंकको गत वर्षको नाफा ४ अर्ब २९ करोड

नविल बैंकको गत वर्षको नाफा ४ अर्ब २९ करोड

nabil-bank-newskarobar

नविल बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब २९ करोड खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा करिब ८ प्रतिशत बढी हो । बैंकले अघिल्लो आवमा ३ अर्ब ९८ करोड नाफा गरेको थियो ।

बैंकले गत वर्ष ७ अर्ब ३३ करोड खुद ब्याज आम्दानी गरेको छ । बैंकको सञ्चालन नाफा ६ अर्ब ८ करोड छ । गत वर्ष बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा ०.७४ प्रतिशत छ भने बेसरेट ८.०९ प्रतिशत छ ।

चुक्ता पुँजी ९ अर्ब १ करोड रुपैयाँ रहेको नविल बैंकको रिजर्भ कोषमा ९ अर्ब ३३ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्ष ४९.५१ रुपैयाँ रहेकोमा गत आवमा केही घटेर ४७.६५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित समय १८:०९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु