fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ स्ट्यान्डर्ड चार्टर्ड बैंकले कमायो अढाइ अर्ब

स्ट्यान्डर्ड चार्टर्ड बैंकले कमायो अढाइ अर्ब

Standard_Chartered-bank-newskarobar

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ४९ करोड खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १४.२२ प्रतिशत बढी हो । बैंकले अघिल्लो वर्ष २ अर्ब १८ करोड नाफा गरेको थियो ।

बैंकले अघिल्लो वर्ष ३ अर्ब २९ करोड खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष ३ अर्ब ५२ करोड गरेको छ । असार मसान्तसम्म बैंकले ७५ अर्ब ७३ करोड निक्षेप संकलन गरेर ५३ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा ०.१५ प्रतिशतमा छ भने बेसरेट ७.६३ प्रतिशत छ ।

८ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब १७ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ३१.१५ रुपैयाँ छ ।

प्रकाशित समय १७:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु