fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ सनराइज बैंकको नाफा १ अर्ब ७० करोड

सनराइज बैंकको नाफा १ अर्ब ७० करोड

sunrise-bank-newskarobar

सनराइज बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ७० करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १५.५८ प्रतिशत बढी हो । बैंकले अघिल्लो वर्ष १ अर्ब ४७ करोड नाफा गरेको थियो ।

बैंकले ३ अर्ब ५९ करोड खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष ब्याज आम्दानी २ अर्ब ८७ करोड थियो । बैंकको सञ्चालन नाफा अघिल्लो वर्ष २ अर्ब ४ करोड रहेकोमा गत वर्ष २ अर्ब ६० करोड पुगेको छ ।

गत आवमा बैंकले ७५ अर्ब ४३ करोड निक्षेप संकलन गरेर ६८ अर्ब ८७ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा १.०३ प्रतिशत छ भने जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २०.९४ रुपैयाँ छ भने बेसरेट १०.३२ प्रतिशत छ ।

प्रकाशित समय १७:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु