fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ एनआईसी एशिया रेमिटबाट ‘एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा’

एनआईसी एशिया रेमिटबाट ‘एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा’

nic-asia-bank-newskarobar

एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटको चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत एनआईसी एशिया रेमिटबाट एक पटक नेपाल रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैंकले गरेको छ ।

बैंकले चाडपर्वको अवसर पारेर यो सुविधा प्रदान गरेको जनाएको छ । विप्रेषण रकम बैंकका देशभर फैलिएका २९५ शाखा कार्यालय, ५७ एक्सटेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ इकाई र नौ हजारभन्दा बढी सहायक प्रतिनिधिमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने जनाएको छ । यो योजना भदौ १ देखि असोज ३० गतेसम्म लागू हुनेछ ।

प्रकाशित समय १७:२० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु