fbpx
Nepal Mediciti

गृहपृष्ठ गरिमा विकास बैंकको नाफा ५९ करोड

गरिमा विकास बैंकको नाफा ५९ करोड

गरिमा विकास बैंकले गत आर्थिक वर्षमा ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्ष बैंकले ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले गत आवमा खुद ब्याज आम्दानीमा सुधार गरेर एक अर्ब ४० करोड पु–याएको छ । बैंकको सञ्चालन नाफा ८५ करोड ६६ लाख छ । असार मसान्तसम्ममा बैंकले २६ अर्ब ७८ करोड निक्षेप संकलन गरेको छ भने २८ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा ०.७५ प्रतिशत छ भने बेसरेट ११.०९ प्रतिशत छ ।

चुक्ता पुँजी २ अर्ब ७८ करोड रुपैयाँ रहेको गरिमाको रिजर्भ कोषमा ५९ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २१.२४ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३५.४६ पैसा छ ।

प्रकाशित समय १४:१९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु