fbpx
Nepal Mediciti

गृहपृष्ठ लुम्बिनी विकास बैंकको नाफामा ७३ प्रतिशत वृद्धि

लुम्बिनी विकास बैंकको नाफामा ७३ प्रतिशत वृद्धि

lumbini_bikash_bank_newskarobar

लुम्बिनी विकास बैंकले नाफामा ७३ प्रतिशत वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा ३२ करोड २४ लाख खुद नाफा गरेको कम्पनीले गत वर्षक ७३ प्रतिशतले बढाउँदै ५५ करोड ७३ लाख रुपैयाँ पु-याएको हो ।

बैंकले गत वर्ष खुद ब्याज आम्दानीमा सुधार गरेर एक अर्ब १३ करोड पु-याएको छ । बैंकको सञ्चालन नाफा ८४ करोड २६ लाख छ । असार मसान्तसम्ममा बैंकले २४ अर्ब निक्षेप संकलन गरेर २२ अर्ब ७६ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा १.७५ प्रतिशत छ भने बेसरेट ११.०२ प्रतिशत छ ।

लुम्बिनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २६.६९ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १७४.०६ पैसा छ ।

प्रकाशित समय १४:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु