fbpx
Nepal Mediciti

गृहपृष्ठ एनआईसी एशिया बैंक र उपाय सर्भिसेसबीच सम्झौता

एनआईसी एशिया बैंक र उपाय सर्भिसेसबीच सम्झौता

nic-asia-bank-upaya-services-newskarobar

एनआईसी एशिया बैंक र उपाय सर्भिसेसबीच उपायले प्रदान गर्ने व्यावसायिक परामर्श सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र उपाय सर्भिसेसका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार उपायले प्रदान गर्ने सेवामा एनआईसी एशिसाका ग्राहकले डिजिटल च्यानलमार्फत भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन् । उपाय सर्भिसेज कानुन, वित्त व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यावसायिक व्यक्तिद्वारा प्रवर्धित डिजिटल प्ल्याटफर्म हो । उपायले नयाँ कम्पनी दर्ता, वार्षिक विवरण दाखिला, लेखासँग सम्बन्धित सेवा, करसँग सम्बन्धित कागजात तयारलगायतका सुविधा प्रदान गर्दै आएको छ ।

कम्पनीले बैंकका कर्मचारीको क्षमता अभिवृद्धिका लागि एनएफआरएसको मापदण्डअनुसार वित्तीय विवरण तयार, अपग्रेड, ऋण मूल्यांकन प्रक्रियासम्बन्धी तालिमसमेत प्रदान गर्नेछ । एनआईसी एशियाले देशभरका २९५ शाखा, ३२१ एटीएम, ५७ वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत १७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दैै आएको छ ।

प्रकाशित समय १३:५४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु