fbpx
Nepal Mediciti

गृहपृष्ठ कञ्चनपुर भन्सार कार्यालयमा एनआइसी एशियाको काउन्टर

कञ्चनपुर भन्सार कार्यालयमा एनआइसी एशियाको काउन्टर

NIC-ASIA- newskarobar

एनआईसी एशिया बैंक र भन्सार विभागबीच कञ्चनपुर भन्सार कार्यालयपरिसरमा बैंकको विस्तारित काउन्टर स्थापना गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले हस्ताक्षर गरेका हुन् ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा स्थापना हुने बैंकको काउन्टरबाट भन्सार कार्यालयको कारोबारका साथै भन्सारमा आउने सेवाग्राहीले थप सुविधा पाउनेछन् । भन्सार तथा राजस्व कार्यालयमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने सरकारी उद्देश्यमा सहकार्य गर्दै एनआईसी एशिया बैंकले विभिन्न भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालयलगायत राजस्व संकलन हुने अन्य कार्यालयमा विस्तारित काउन्टर खोलेर सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १३:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु