गृहपृष्ठ मुक्तिनाथ विकास बैंकद्वारा हरित गार्डेन हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा हरित गार्डेन हस्तान्तरण

muktinath-newskarobar1

मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका–१, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीअगाडि सडक पेटीबाहेकको खाली चौरमा बनाएको वातावरणमैत्री हरित गार्डेन सोमबार हस्तान्तरण गरेको छ । बैंकले एक हजार थान पकेट डायरी पनि महानगरीय प्रहरी वृत्त सामुदायिक शाखालाई प्रदान गरेको छ ।

गार्डेन तथा पकेट डायरी बैंकका सञ्चालक समिति सदस्य नारायणकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले काठमाडौं महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठ र महानगरीय प्रहरी वृत सामुदायिक शाखा कमलपोखरीका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरे । कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, महानगरीय प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल, सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सामुदायिक सेवा केन्द्र टुुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेलगायत स्थानीय नागरिक, समाजसेवी, बुद्धिजीवी तथा प्रहरी वृत्तका कर्मचारीको उपस्थिति थियो ।

मुक्तिनाथ विकास बैंकले देशभरका ११८ शाखा र २२ एटीएममार्फत करिब सात लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशभर भिसा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आबद्ध गरी जीवन वरदान बचत खाता तथा आकर्षक सुविधा र ब्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको छ ।

प्रकाशित समय १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु