गृहपृष्ठ सानिमा बैंकको नाफा २ अर्ब २४ करोड, प्रतिसेयर आम्दानीमा उल्लेख्य वृद्धि

सानिमा बैंकको नाफा २ अर्ब २४ करोड, प्रतिसेयर आम्दानीमा उल्लेख्य वृद्धि

sanima-bank-newskarobar

सानिमा बैंक आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब २४ करोड ३३ लाख ८९ हजार खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो वर्षको तुलनामा ३२.१५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ६९ करोड ७५ लाख ३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले रिजर्भ कोष, खुद ब्याज आम्दानी, सञ्चालन नाफा, प्रतिसेयर आम्दानी जस्ता महत्वपूर्ण सूचकमा उल्लेख्य प्रगति गरेको छ । बैंकले गत आर्थिक वर्षमा ३५.९६ प्रतिशतले खुद ब्याज आम्दानी बढाएर ४ अर्ब १० करोड १ लाख ३७ हजार पु-याएको छ भने सञ्चालन नाफा ३२.७५ प्रतिशतले बढाएर ३ अर्ब २० करोड ६३ लाख ८ हजार रुपैयाँ पु-याएको छ ।

बैंकको आधार ब्याजदर ९.४५ प्रतिशत छ । अघिल्लो त्रैमासको तुलनामा बैंकको आधार ब्याजदर बढेको छ । अघिल्लो त्रैमासमा बैंकको आधार ब्याजदर ९.३१ प्रतिशत थियो ।  बैंकले प्रतिसेयर आम्दानी ६.८२ रुपैयाँले बढाएर २८.०४ रुपैयाँ पु-याएको छ ।

प्रकाशित समय १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु