fbpx
Nepal Mediciti

गृहपृष्ठ माछापुच्छ्रे स्मार्ट बचत खातामा १४ लाखबराबरको बिमा सुविधा

माछापुच्छ्रे स्मार्ट बचत खातामा १४ लाखबराबरको बिमा सुविधा

machhapuchere-newskarobar

माछापुच्छ्रे बैंकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै ‘माछापुच्छ्रे स्मार्ट बचत खाता’मा १४ लाख १० हजार रुपैयाँबराबरको बिमा सुविधा थप गरेको छ । बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकलाई १० लाखसम्मको दुर्घटना बिमासहित १८ जटिल प्रकृतिका रोगको उपचारमा ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको हो । साथै, बैंकले अस्पताल भर्नामा १ लाख रुपैयाँसम्म र वार्षिक रुपमा १० हजारसम्मको औषधि खर्चसमेत उपलब्ध गराउनेछ ।

बैंकले बिमा सुविधा, औषधोपचार खर्च, अस्पताल भर्नालगायतका विभिन्न विशेषतासहित सुरु गरेको स्मार्ट बचत खाताप्रति ग्राहकको आकर्षणलाई लक्षित गरी सुविधा थपेको जनाएको छ । ५ हजार रुपैयाँ न्यूनतम मौज्दातमै खोल्न मिल्ने माछापुच्छ्रे बैंकको स्मार्ट बचत खाताको बिमा सुविधाअन्तर्गत हालसम्म ११५ भन्दा बढी ग्राहकले बिमा रकम पाइसकेका छन् ।

बैंकले स्मार्ट बचत खोलेबापत ग्राहकलाई निःशुल्क इन्टरनेट बैंकिङ, निःशुल्क एमबीएल मोबाइल मनी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर सुविधा, निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क आस्वा सुविधा र निःशुल्क अन्तरशाखा कारोबार जस्ता स्मार्ट सुविधा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय २१:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु