fbpx
Nepal Mediciti

गृहपृष्ठ सामुदायिक विद्यालयलाई हिमालयन बैंकको ५ लाख सहयोग

सामुदायिक विद्यालयलाई हिमालयन बैंकको ५ लाख सहयोग

himalayan-bank-newskarobar

हिमालयन बैंकले ग्रामीण भेगका सामुदायिक विद्यालयलाई ‘टिच फर नेपाल’ मार्फत ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ती विद्यालयमा अध्ययनरत विद्यार्थीको गुणस्तरीय शिक्षाका लागि स्वयंसेवक शिक्षक पठाउन टिच फर नेपाललाई आर्थिक सहायता प्रदान गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरे ।

‘एक दिन नेपालका सबै विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्’ भन्ने मूल मन्त्रका साथ अगाडि बढेको टिच फर नेपाल संस्थाले हालसम्म ६ जिल्लाका ६७ विद्यालयमा २७० जना स्वयंसेवक शिक्षक पठाई ३० हजारभन्दा बढी विद्यार्थीलाई विज्ञान, गणित, अंग्रेजीलगायतका विषय पढाएको छ ।

हिमालयन बैंकले स्थापनाकालदेखि नै अनाथालय, वृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतनामूलक कार्यक्रम आदिमा सहयोग गर्दै आएको छ । बैंकले ५९ शाखा र १२१ एटिएममार्फत बैंकिङ सेवा दिइरहेको छ ।

प्रकाशित समय १७:३६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु