fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ मौद्रिक नीति आज नआउने, कहिले आउँछ ?

मौद्रिक नीति आज नआउने, कहिले आउँछ ?

nepal-rastra-bank-newskarobar

नेपाल राष्ट्र बैंकले असार २७ गते (भोलि) मौद्रिक नीति सार्वजनिक नगर्ने भएको छ । वाणिज्य बैंकहरुको मर्जर, सवारी कर्जामा कडाइलगायतका विषयमा अर्थमन्त्री डा. युवराज खतिवडा र गर्भनर डा. चिरञ्जीवी नेपालबीच सल्लाह हुन बाँकी नै रहेकाले मौद्रिक नीति पछि धकेलिएको बताइएको छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने ११ महिनाको विस्तृत तथ्यांक प्राप्त नभइसकेकाले मौद्रिक नीति आउन ढिलाइ भएको बताएका छन् । ‘केही तथ्यांक र केही नीतिगत कुरा बाँकी छन्,’ न्युज कारोबारसँग उनले भने, ‘त्यसले मौद्रिक नीति आउन ढिलाइ भएको हो ।’ यद्यपि, मौद्रिक नीति कहिले आउँछ भन्नेमा उनले खुलाएनन् । ‘सार्वजनिक हुने ठ्याक्कै मिति त भन्न सकिएन,’ उनले भने ।

गर्भनर डा. नेपालले असार १२ गते २८ वटै वाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर मर्जरको प्रतिबद्धता पेस गर्न निर्देशन दिँदै असार २७ गते मौद्रिक नीति सार्वजनिक गर्ने उद्घोष गरेका थिए ।

२० वटा बैंकले बुझाए प्रतिबद्धता

राष्ट्र बैंकले निर्देशन दिएयताका दुई सातामा २० वटा बैंकले मर्जरका लागि प्रतिबद्धता बुझाएका छन् । तीनवटा सरकारी र पाँचवटा निजी बैंकले भने मर्जर प्रतिबद्धता नबुझाएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित समय २०:३३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु