fbpx
Nepal Mediciti

गृहपृष्ठ हुम्लाको दुर्गम गाउँ खार्पुनाथमा प्रभु बैंकको शाखा स्थापना

हुम्लाको दुर्गम गाउँ खार्पुनाथमा प्रभु बैंकको शाखा स्थापना

Prabhu-Bank-Humla-newskarobar

प्रभु बैंकले हुम्लाको दुर्गम खार्पुनाथ गाउँपालिका वडा नं. ५ मा शाखा कार्यालय स्थापना गरेको छ । नयाँ शाखाको बुधबार खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा अध्यक्ष रावलले प्रभु बैंकले गाउँ–गाउँमा पुगेर बैंकिङ सेवा प्रदान गर्नु सराहनीय भएको बताए ।

कार्यक्रममा हुम्ला जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ हुम्लाका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय व्यापारीलगायतको उपस्थिति थियो ।

प्रकाशित समय १८:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु