fbpx

गृहपृष्ठ युवा उद्यमशीलता सम्मेलन साउन २७ र २८ गते, मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक

युवा उद्यमशीलता सम्मेलन साउन २७ र २८ गते, मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक

RBB-Bank-newskarobar

युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा साउन २७ र २८ गते काठमाडौंमा आयोजना हुने नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ लाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ । आयोजकलाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने गरी भएको सम्झौतापत्रमा मंगलबार राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वित्तीय साक्षरताका माध्यमबाट युवालाई उद्यमी बनाउन सकिने र युवालाई आर्थिक क्रियाकलापमा सहभागी गराएरमात्र मुलुक समृद्ध बन्न सक्ने कार्यमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । सम्मेलन मूल आयोजक समितिका संयोजक गैरेले प्रादेशिक संरचनाभित्र उद्यमशीलताका नवीनतम् अवसरको खोजी गर्ने, नयाँ स्टार्टअप कम्पनी र त्यसमाथिको लगानीबारे लगानीकर्तासँग छलफल चलाउने र लगानी जुटाइदिने कार्यमा सम्मेन सफल हुने विश्वास व्यक्त गरे ।

सरकार र युवा उद्यमीबीच छलफलको वातावरण निर्माणा गर्नु, युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतीबारे बहस गरी नीति निर्मातालाई सचेत गराउनु, युवा उद्यमीका सफलताका कथा आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरणा दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा उद्यमशीलतामा रुची राख्ने युवा, विद्यार्थी, नयाँ युवा उद्यमी, लगानीकर्ता, विज्ञ र सरोकारवालासहित देशभरका १६ देखि ४० वर्ष उमेर समूहका करिब ती हजार युवा उद्यमीको सहभागिता रहनेछ ।

प्रकाशित समय १८:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु