fbpx
Nepal Mediciti

गृहपृष्ठ मुक्तिनाथ विकास बैंक र राष्ट्रिय बिमा कम्पनीबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र राष्ट्रिय बिमा कम्पनीबीच सम्झौता

Muktinath-Bank-rastriya-bima-company-newskarobar

मुक्तिनाथ विकास बैंक र राष्ट्रिय बिमा कम्पनीबीच व्यवसाय आदानप्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल र मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार कम्पनीले बैंकसम्बन्धी कार्य गर्न मुक्तिनाथ विकास बैंकलाई प्राथमिकता दिने तथा बैंकले आफ्नो सम्पत्ति तथा दायित्वको बिमा गर्दा राष्ट्रिय बिमा कम्पनीलाई प्राथमिकता दिनेछ । यसबाट बिमा कम्पनी र मुक्तिनाथ बैंक दुवैका कर्मचारी र ग्राहक लाभान्वित हुनेछन् ।

मुक्तिनाथ विकास बैंकले देशभरका ११९ शाखा र २५ वटा एटिएमबाट ६ लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बिमा सेवा, आस्वा र मोबाइल बैंकिङ सुविधाका साथै देशभर भिसा नेटवर्कअन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।

प्रकाशित समय १७:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु