fbpx
Nepal Mediciti

गृहपृष्ठ सांग्रिलाको ३ नयाँ बचत खाता, १६ लाखसम्मको बिमा सुविधा

सांग्रिलाको ३ नयाँ बचत खाता, १६ लाखसम्मको बिमा सुविधा

Sangrila-bachat-bima-khata-newskarobar

सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ बचत खाता ‘बचत पनि बिमा पनि’ सञ्चालनमा ल्याएको छ । बैंकले जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) र जीवन सुरक्षा (स्वर्णिम) गरी ३ नयाँ बचत खाता सञ्चालनमा ल्याएको हो ।

खाता खोल्ने ग्राहकलाई १६ लाखसम्मको बिमाको व्यवस्था गरिएको बैंकले जनाएको छ । ग्राहकलाई खाताको प्रकृति हेरी दुर्घटना बिमा, औषधि उपचार बिमा र घातक रोगको उपचार बिमासम्बन्धी सुविधा छन् ।

खाता खोल्दा ग्राहकले मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सक्नेछन् । खातामा न्यूनतम मौज्दात सरलमा ५ हजार, रजतमा १५ हजार र स्वर्णिममा २५ हजार हुनुपर्नेछ । यी खाता खोल्ने ग्राहकले लकर सुविधामा विशेष छुट, निःशुल्क एबीबीएस तथा एटिएम भिसा कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङमा एक वर्षका लागि निःशुल्क सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित समय ०७:४१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु