fbpx
Nepal Mediciti

गृहपृष्ठ सिन्धुलीको गोलन्जोर र जुम्लामा सिद्धार्थ बैंकको शाखा स्थापना

सिन्धुलीको गोलन्जोर र जुम्लामा सिद्धार्थ बैंकको शाखा स्थापना

siddharthaBank_branch-newskarobar

सिद्धार्थ बैंकले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिन्धुलीको गोलन्जोर र जुम्लामा नयाँ शाखा स्थापना गरेको हो ।

गोलन्जोर शाखाको उद्घाटन गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्की गरे भने जुम्ला शाखाको उद्घाटन चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र जुम्ला जिल्ला समन्वय समितिका अध्यक्ष लालबहादुर सार्कीले संयुक्त रुपमा गरे ।

यससँगै  ४ एक्स्टेन्सन काउन्टरसहित बैंकका शाखा संख्या १५६ पुगेको छ । त्यस्तै, बैंकले १०० शाखारहित बैंकिङ सेवा, १६९ एटीएम र १३ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय ०७:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु