fbpx
Nepal Mediciti

गृहपृष्ठ बूढानीलकण्ठमा नेपाल इन्भेष्टमेण्ट बैंकको एक्सटेन्सन काउन्टर

बूढानीलकण्ठमा नेपाल इन्भेष्टमेण्ट बैंकको एक्सटेन्सन काउन्टर

NIBL-newskarobar

नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाण्डौंको बूढानीलकण्ठ नगरपालिकामा १४औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बूढानीलकण्ठ नगरपालिका–५ स्थित बूढानीलकण्ठ स्कूलनजिकै खोलिएको काउन्टरले विद्यार्थी एवं शिक्षकलगायत स्थानीय जनतालाई वित्तीय सुविधा प्रदान गर्ने जनाइएको छ ।

काउन्टरको उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, बूढानीलकण्ठ स्कुलका प्राध्यापक होमनाथ आचार्य, वडा सदस्यलगायत बैंकका कर्मचारी र स्थानीयको सहभागिता थियो । यसैबीच, नेपाल इन्भेष्टमेण्ट बैंकले खाँदबारी शाखालाई सोही ठाउँको खाँदबारी-१, प्रगतिटोल, संखुवासभामा स्थानान्तरण गरेको छ ।

हाल बैंकले काठमाडौं उपत्यकाभित्र २४ तथा उपत्यकाबाहिर ५६ शाखाबाट बैंकिङ सुविधा प्रदान गरिरहेको छ । यसबाहेक बैंकका ११२ एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजस्व संकलन केन्द्र र ५१ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् ।

प्रकाशित समय ०६:४८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु