fbpx
Nepal Mediciti

गृहपृष्ठ साइन रेसुंगा र भार्गव विकास बैंक मर्ज हुँदै

साइन रेसुंगा र भार्गव विकास बैंक मर्ज हुँदै

Shine-Resunga-Bharbav-newskarobar

साइन रेसुंगा डेभलपमेन्ट बैंक र भार्गव विकास बैंक मर्ज हुने भएका छन् । पूर्णिमा विकास बैंकलाई अक्वायर गरेको साइन रेसुंगा र भार्गवबीच संस्था प्राप्तिसम्बन्धी वैशाख ३१ गते प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा साइन रेसुंगाका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र भार्गव विकास बैंकका सञ्चालक समितिका अध्यक्ष डम्बरबहादुर थापाले हस्ताक्षर गरेका छन् । शाइन रेसुंगा रुपन्देही, अर्घाखाँची, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ, प्युठान, बागलुङ र चितवन गरी १० जिल्लामा कार्यक्षेत्र भएको ‘ख’ वर्गको विकास बैंकको रुपमा १० वर्षदेखि सञ्चालनमा छ । त्यसैगरी, भार्गव विकास बैंकको ५ जिल्ला कार्यक्षेत्र भएकोमा हाल बाँके, बर्दिया र दाङ जिल्लामा शाखा कार्यालय छन् ।

मर्जरपछि वित्तीय संस्थाको नाम साइन रेसुंगा डेभलपमेन्ट बैंक र संस्थाको केन्द्रीय कार्यालय बुटवल उपमहानगरपालिका–६ मा रहनेछ । साइन रेसुंगाका सञ्चालक समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठ नै अध्यक्ष कायम रहने जनाइएको छ । त्यस्तै, संस्थाको प्रमुख कार्यकारी अधिकृतमा साइन रेसुंगाका बहालवाला प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल नै कायम रहने र भार्गव विकास बैंकका बहालवाला प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी नायब कार्यकारी प्रमुख रहने सहमति भएको छ ।

प्रकाशित समय १८:२८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु