fbpx
Nepal Mediciti

गृहपृष्ठ ग्लोबल आइएमई बैंकको थप ६ शाखारहित बैंकिङ सेवा

ग्लोबल आइएमई बैंकको थप ६ शाखारहित बैंकिङ सेवा

global-ime-bank-newskarobar

ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ६ वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका– ७ तेबाङमा १ सय ३३औँ, कैलालीको बर्दगोरीया गाउँपालिका–४ मुढा बजारमा १ सय ३४औँ, बागलुङको बागलुङ नगरपालिका–१४ हटियामा १ सय ३५औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएको हो ।

यस्तै बैंकले सिराहाको अर्नामा गाउँपालिका– ३, रामजानकी बजारमा १ सय ३६औँ, पाल्पाको पुर्वखोला गाउँपालिका– ४, देवीनगरमा १ सय ३७औँ र बागलुङको काठेखोला गाउँपालिका– ७, रेश नुन्थलामा १ सय ३८औँ शाखारहित बैंकिङ सेवाको शुभारम्भ गरेको छ ।

६ वटै शाखारहित बैंकिङ सेवाहरु स्थानीय स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको सहभागीतामा उद्घाटन भएको बैंकले जनाएको छ । यस्तै, बैंकले अत्तरीया शाखामा १ सय ४५औं एटीएम पनि सञ्चालनमा ल्याएको छ ।

प्रकाशित समय ०९:५६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु