fbpx
Nepal Mediciti

गृहपृष्ठ एनएमबी बैंकले विदेशबाट फर्केका युवालाई १० लाखसम्म ऋण दिने

एनएमबी बैंकले विदेशबाट फर्केका युवालाई १० लाखसम्म ऋण दिने

NMB-Bank-newskarobar

वैंदेशिक रोजगारीबाट फिर्ता भई नेपालमा केही गर्न चाहने युवालाई एनएमबी बैंकले १० लाख रुपैयाँ ऋण दिने भएको छ । राष्ट्रिय युवा परिषद, एनएमबी बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच मंगलकबार कर्जा प्रवाहसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कृषि, पर्यटन, वन, जडिबुटीलगायतका क्षेत्रलाई लक्षित गरी बैंकले प्रतिव्यक्ति १० लाखसम्म कर्जा प्रवाह गर्नेछ । हाललाई १ अर्बसम्म यस्तो कर्जा प्रवाह हुने बैंकले जनाएको छ ।

कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केसीले समृद्ध नेपालका लागि यो कार्यक्रम कोशेढुंगा साबित हुने बताए । त्यस्तै, रिटर्नी माइग्रेन्टका अध्यक्ष उत्तम अधिकारीले सरकारले अघि सारेको नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीमा जाने युवालाई स्वरोजगार बनाउने कुनै कार्यक्रम नभएको तर युवालाई स्वरोजगार बन्न बैंक, परिषद् र रिटर्नी माइग्रेन्टबीचको सम्झौता सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुंगेलले सस्तो श्रममा नेपालीहरु विदेशी भूमिमा काम गर्नुभन्दा आफ्नै देशमा फर्केर केही गर्ने अभियानमा लाग्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा एनएमबी बैंक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानले ५० डिग्री तापक्रममा कार्यरत नेपालीलाई लक्षित गरी कर्जा योजना अघि सारिएको जानकारी गराए । ‘देश बनाउने जिम्मा युवाको हातमा भएकाले उनीहरुलाई सहयोग गर्न बैंकले ऋण प्रवाह गर्न लागेको हो,’ उनले भने ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि २०७५ बमोजिम वैदेशिक रोजगारीबाट फर्किएका युवालाई राष्ट्रिय युवा परिषद्को समन्वय र रिटर्नी माइग्रेन्टको सिफारिसमा सहुलियपूर्ण कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

प्रकाशित समय १०:४५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु