fbpx
sag

गृहपृष्ठ हुन्डाईको नयाँ स्यान्ट्रो आजदेखि नेपाली बजारमा

हुन्डाईको नयाँ स्यान्ट्रो आजदेखि नेपाली बजारमा

हुन्डाईको नयाँ स्यान्ट्रो आज देखि नेपाली बजारमा समेत उपलब्ध हुने भएको छ ।

हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सो कार लन्च गर्ने जानकारी दिएको हो । नेपाली बजारमा यसको मूल्य कति पर्ने भन्ने पनि सबै कुरा आजै सार्वजनिक गरिने छ । यद्यपि यसको मूल्य २४ लाख रुपैयाँबाट प्रारम्भ हुने अनुमान छ ।

सानो कार भएर पनि नयाँ स्यान्ट्रोको पछिल्लो भागमा एसी भेन्ट्स दिइएको छ, १.१ लिटर पेट्रोल इन्जिनयुक्त नयाँ स्यान्ट्रो म्यानुअलका साथै स्मार्ट अटोमेटिक गियरबक्सका साथ उपलब्ध छ ।

कम्पनीका अनुसार हुन्डाईको यो नयाँ इन्ट्री लेभलको कार ५ भेरिएन्टमा बजारमा छ । जसमा इरा, म्याग्ना, स्पोर्टेज, स्पोर्टेज (ओ) र आस्टा छन् । यसको सुरुवाती मूल्य ३ लाख ५० हजार भारतीय रुपैयाँ छ ।

सबै भेरिएन्टमा सुरक्षालाई विशेष प्राथमिकतामा राखेर एबीएस, इबीडी, अगाडि दुईवटा एयरब्यागजस्ता फिचर दिइएको छ । म्याग्नाभन्दा माथिका सबै भेरिएन्टमा स्टेयरिङ माउन्ट अडियो कन्ट्रोल सिस्टम दिइएको छ ।

यसमा दिइएको सेग्मेन्ट फस्ट फिचरमा रियर एसी भेन्ट, ५ इन्च टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम छ, जसले एन्ड्रोइड अटो र एप्पलकार प्ले सपोर्ट गर्ने छ । स्पोर्टेजको (ओ) र आस्टा भेरिएन्टमा अलोई ह्वीलसमेत दिइएको छ ।

स्यान्ट्रोमा ११ सय सीसी इन्जिन क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ, जुन भारतीय एमिसन मापदण्ड ‘बीएस–६’ मा आधारित रहेको बताइएको छ । ५ स्पिड म्यानुअल र अटोमेटिक गियर अप्सनमा कार उपलव्ध हुने छ ।

प्रकाशित समय ०७:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु