fbpx
corona information

गृहपृष्ठ महासंघका पदाधिकारी र आइएलओका देशीय निर्देशकबीच भेटवार्ता

महासंघका पदाधिकारी र आइएलओका देशीय निर्देशकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठनका देशीय निर्देशक रिचार्ड हवार्डबीच सोमबार महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।

सो अवसरमा कोभिड महामारीपश्चात नेपालको अर्थतन्त्र, रोजगारी, उद्योग व्यवसायको अवस्थाका विषयमा विस्तृत छलफल भएको थियो । भेटवार्तामा साना तथा मझौला उद्यम व्यवसायलाई पुनरुत्थान गर्ने कार्यमा हुनसक्ने सहकार्यका विषयमा पनि छलफल भएको महासंघले जनाएको छ । भेटवार्तामा महासंघका अध्यक्ष गोल्छाले नेपालको आर्थिक विकास, श्रम सम्बन्ध सुधारमा आइएलओले गरेको सहयोगको प्रशंसा गरे ।

अध्यक्ष गोल्छाले मुलुकभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई निजी क्षेत्रले अत्यन्त संवेदनशील भई हेरेको र कोभिडबाट प्रभावित उद्योग व्यवसाय पर्यटनसहित साना तथा मझौला उद्यम व्यवसायको पुनरूत्थानका लागि रोजगाी सिर्जना सहितको निश्चित लक्ष्य लिई भिजन पेपर तयारी गरीरहेको जानकारी गराए । साथै अध्यक्षले सामाजिक सौदावाजीका विषयमा उद्योग प्रतिष्ठानलाई सहयोग पुर्‍याउन लिगल हेल्प डेस्क अवधारणाका वारेमा छलफल गर्दै सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा देखिएका व्यवहारिक कठिनाईका विषयमा जानकारी गराए ।

निर्देशक हवार्डले निजी क्षेत्रको प्रवर्द्धन, रोजगारी र श्रम ऐन तथा सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा नीतिगत सुधार एवं प्राविधिक सहयोग उपलव्ध गराउन आइएलओ तयार रहेको विश्वास दिलाए । कार्यक्रममा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे, महासंघका वरिष्ठ विज्ञ हंसराम पाण्डे, उपमहानिर्देशक गोकर्ण अवस्थी र आइएलओका वरिष्ठ अधिकृत प्रकाश शर्माको उपस्थिति थियो ।

प्रकाशित समय १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु