fbpx
corona information

गृहपृष्ठ ‘बर्जर कलर स्प्ल्यास’ बम्पर पुरस्कार विजेतालाई पुरस्कार प्रदान

‘बर्जर कलर स्प्ल्यास’ बम्पर पुरस्कार विजेतालाई पुरस्कार प्रदान

दुई दशकदेखि पेन्ट उत्पादनमा अग्रणी स्थानमा रहँदै आएको बर्जर पेन्ट्सले ‘बर्जर कलर स्प्ल्यास २०७६’ का विजेता जयनाथ सापकोटालाई बम्पर पुरस्कारबापतको ५ लाख रुपैयाँ प्रदान गरेको छ । बर्जर हाउसमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा कम्पनीले प्रवर्धनात्मक अफरअन्तर्गत रमेश श्रेष्ठलाई पहिलो पुरस्कारबापत लन्डन ट्रिप प्याकेजको टिकट र आधिकारिक पत्र पनि प्रदान गरेको छ ।

यो योजना २०७६ सालको दसैँतिहारको अवसरमा (भदौदेखि पुस २०७६) सञ्चालन गरिएको थियो । योजनाअन्तर्गत ग्राहकलाई सीमित बर्जर पेन्टका उत्पादन खरिद गर्दा १०० वर्ग फिट सिल्क इलुजन डिजाइनर्स फिनिस पक्का उपहार प्राप्त गर्नुका साथै भाग्यशाली गोला प्रथा र डिजिटल प्रतियोगितामार्फत अन्य आकर्षक उपहार जित्ने अवसर दिइएको थियो ।

योजनामा सहभागी ६ हजारभन्दा बढी ग्राहक मध्येबाट १७८ जना विजेताको घोषणा प्रत्यक्ष लक्की ड्रबाट गरिएको छ । जसअनुसार इटहरीका सापकोटालाई ५ लाख रुपैयाँको बम्पर पुरस्कार, उर्लाबारीका पूर्णमान गुरुङ र भक्तपुरका रमेश श्रेष्ठका जोडीलाई लन्डन ट्रिप प्रदान गरिएको छ ।

लक्की ड्रमार्फत २५ जना विजेताले दोस्रो पुरस्कारबापत ३२ इन्चको सामसङ टिभी, ५० जना विजेताले तेस्रो पुरस्कारस्वरुप आन्तरिक ट्रिप र १०० जना विजेताले सान्त्वना पुरस्कारमा सामसङ एम२० पुरस्कार प्राप्त गरेका छन् ।

योजनाका विजेताहरुलाई बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजर सैवाल घोष, चिफ अपरेटिङ अफिसर सत्यप्रकाश तथा टर्किस एयरलाइन्स इन्क, नेपालका जनरल म्यानेजर अब्दुल्ला टुन्सेर केसेसीका साथै अन्य अधिकारीको उपस्थितिमा पुरस्कार वितरण गरिएको छ ।

प्रकाशित समय १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु