fbpx
corona information

गृहपृष्ठ नेपाल टेलिकमले ल्यायो तिहार र छठ पर्व अफर : सहुलियत दरमा एसएमएस प्याक

नेपाल टेलिकमले ल्यायो तिहार र छठ पर्व अफर : सहुलियत दरमा एसएमएस प्याक

nepal-telecom-newskarobar

नेपाल टेलिकमले तिहार, छठ र नेपाल संवतको अवसरमा आफ्ना ग्राहकहरुका लागि नयाँ अफर सार्वजनिक गरेको छ । एक विज्ञप्ति जारी गर्दै टेलिकमले एसएमएस प्याकका साथै विभिन्न प्रकारका प्याकहरु उपलव्ध गराइएको जानकारी दिएको छ । टेलिकमले सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको तर अहिले ल्याइएको अटम अफरअन्तर्गत तीन प्रकारका सहुलियत उपलव्ध गराइएको जनाएको छ ।

जसमा रु. ५ मा २० वटा एसएमएस, रु. १५ मा ७० वटा एसएमएस र रु. ६० मा ३ सय वटा एसएमएस गर्न सकिने जनाइएको छ । यी प्याक क्रमश: १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिने समेत टेलिकमले जनाएको छ ।

हेर्नुहोस् टेलिकमको विज्ञप्ति :

प्रकाशित समय ११:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु