fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली

केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली

Wlink_NewsKarobar

कर्णाली बेसिन संरक्षण फाउन्डेसन (केबीसीएफ)ले  कर्णाली र सुदूरपश्चिम प्रदेशको सामाजिक आर्थिक विकासको लागि नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडसँग मिलेर ‘डिजिटल कर्णाली’ अभियान सुरू गरेको छ ।

केबीसीएफले जैविक विविधता संरक्षण, जीविकोपार्जनका अवसर, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षामा पहुँच र इको टुरिजमलाई बढावा दिने क्रियाकलापहरूको लागि काम गरिरहेको छ भने वर्ल्डलिंक कम्युनिकेसन्सले नेपालका दुर्गम र ग्रामीण क्षेत्रसम्म आफ्ना सेवा विस्तार गरिरहेको छ  ।

वर्ल्डलिंकले आफ्नो प्रयासले समाजका विपन्न वर्गलाई इन्टरेटसँग जोडिएका र नजोडिएका बीचको ठूलो भिन्नतालाई कम गर्न मद्दत पुर्‍याउने जनाएको छ ।

‘यस क्षेत्रमा अझ धेरै उपलब्धि हासिल गर्न बाँकी छ,  दीर्घकालीन र दिगो विकासको लागि एउटा बलियो आधारशीला निर्माण गर्नु महत्वपूर्ण छ,’ केबीसीएफका अध्यक्ष राधेश पन्तले भने,’डिजिटल अर्थतन्त्रको लागि सबै प्रकारका गुणस्तरीय तथा भरपर्दो पूर्वाधार हुनु महत्वपूर्ण हुन्छ । हाम्रो उद्देश्य यस क्षेत्रको विकास प्रक्रियामा अगाडि बढ्नका लागि सहयोग गर्नु हो  ।’  यो अग्रगामी उद्देश्य प्राप्त गर्न वर्ल्डलिंक कम्युनिकेन्स एक निर्विकल्प तथा विश्वासिलो साझेदार भएको उनको भनाइ थियो ।

त्यस्तै, वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष तथा संस्थापक निर्देशक दिलीप अग्रवालले विकासको क्षेत्र चिन्न र स्थिर डिजिटल प्लेटफर्मको अवसरको लाभ  संयुक्त रुपमा डिजिटल कर्णालीको भिजन साकार पार्ने काम गर्ने  प्रतिबद्धता जनाए ।

दुवै पक्षले रोजगारी सिर्जनाका साथै स्थानीय उद्यमी एवम मध्यम तथा साना उद्यमीहरूलाई सहयोगका लागि आर्थिक, वातावरणीय र सामाजिक प्रभाव हासिल गर्न सँगै मिलेर काम गर्ने  जनाएका छन् ।

केबीसीएफ र वर्ल्डलिंकले  दुवैले स्थानीय उत्पादन र स्थानीय आपूर्तिको दिगो चक्रलाई सहयोग र समर्थन गर्न मद्दत गर्ने जनाएका छन् । यो रणनीतिक साझेदारीले कर्णाली नदी बेसिनका बासिन्दा र समुदायलाई डिजिटल रूपमा  सहयोग गर्दै स्थानीय समृद्धिलाई अगाडि बढाउन प्रेरणाका लागि काम गर्ने जनाएका छन् ।

 

 

प्रकाशित समय १८:२५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु